सबै प्रदेशका प्रहरी प्रमुख फेरिए, कुन प्रदेशमा कस्को नेतृत्व ?

काठमाडौँ । सरकारले सबै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा हुँदा प्रदेश प्रहरी प्रमुख फेरिएका हुन् ।
बिहीबार भएको सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुख बनेका छन् ।
मधेस प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन् ।
यस्तै, कर्णाली प्रदेश प्रमुखमा भीमप्रसाद ढकाल जाँदा त्यहाँका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आइपुगेका छन् ।
बागमती प्रदेशको प्रमुखमा प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा पुगेका छन् । यसैगरी, सुदूरपश्चिमको प्रमुखमा अशोक सिंह, टेकप्रसाद राईले लुम्बिनी प्रदेश पुगेका छन् ।
गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ जाँदा प्रदेश १ मा श्यामलाल ज्ञवालीको नेतृत्व रहने भएको छ ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा किरण राणा जाँदा विशेष ब्यूरोमा सुदीप गिरीले नेतृत्व गर्ने भएका छन् ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
राष्ट्रपति पौडेल जापान जाँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया