महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय वीरगञ्जका कक्षा आठमा अध्यनरत छात्र जीवन राजवंशीलाई छात्रवृत्ती प्रदान गरेको हो ।
बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ती बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरे ।
अध्ययनमा उत्कृष्ट भई पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले विद्यार्थीको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीहरू देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए ।
विद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तीले गुणस्तरीय शिक्षामा टेवा पु¥याउने बताउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे ।
















अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया