माघे संक्रान्ती लागेसँगै तरुल र चाकुको व्यापार बढ्दै

काठमाडौँ । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार बढेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्ने भीड बढेको छ । तरुलको मूल्यमा विगतका वर्षभन्दा फरक नरहेको व्यापारीहरूले बताए ।
कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन भएकाले व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए । उनी मानिस कत्तिको किन्न आउँछन् भन्ने कुराले मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने बताउँछन् ।
‘माघे संक्रान्तीको बेलामा मात्रै तरुलको व्यापार हुने भएकाले यो नाफा घाटाको कुरा कत्तिको किन्न आउनुहुन्छ भन्ने हेरेर थाहा हुन्छ, सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटबाट तरुल आउँछन्,’ उनले भने ।
त्यस्तै, कालीमाटी तरकारी तथा फलफूल बजारमा काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भए पनि यसपटक सिजन रहेकाले तरुल मगाएको बताइन् । उनले माघे संक्रान्तीका लागि आफूले नवलपरासीबाट दुई गाडी तरुल ल्याएको बताइन् ।
उनले भने, ‘दुई गाडी तरुल ल्याएर राखेकी छु, नवलपरासीबाट ल्याएको छु, व्यापार पोहोरको जस्तै छ, बढी, घटी छैन, सामान यसपालि बढी आयो भने भाउ सस्तो हुन्छ जस्तो लागेको छ ।’
यहीबेला बजारमा चाकुको व्यापार पनि बढ्ने गर्छ । चाकु गत वर्षको मूल्यमै बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।
















नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
चितवनमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया