सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनु पर्छ : अधिवक्ता घिमिरे

काठमाडौँ । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् ।
शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताउका हुन् । उनले लामिछाने क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको रुमपा क्यानले जिम्मेवारी दिनु पर्ने बताए ।
उनले लामिछाने मुद्दाका कारण क्यानको निलम्वनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनु पर्ने माग गरे । ‘सम्माननीय उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमो छोड्ने आदेश दिएको छ, ऊ निलम्बनमा परेको हो, कारबाहीमा होइन, ऊ जेलबाट छुटिसकेपछि पुनः क्यानले कप्तानी दिनुपर्छ, क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ, क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर नेपालको क्याप्टेन बनाउनुपर्छ,’ उनले भने ।
















दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया