सुनको मूल्य तोलाको एक लाख पाँच हजार पुग्यो
मेरोन्यूज
२०७९ माघ १ गते १३:४६

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ११ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार चार सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर एक हजार तीन सय ९० कायम भएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
सम्बन्धित















मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया