शनिबार, मंसिर ६, २०८२

चर्चामा नोरा फतेहीको लेटेस्ट फोटोसुटः ट्रोलर्सले भने– सस्तो लेडी गागा देखिँदै छिन्

मेरोन्यूज २०७९ माघ २ गते १०:४६

नोरा फतेहीको नयाँ फोटोसुट चर्चामा छ । यी तस्बिरहरूमा नोराले बडी फिट गोल्डेन ब्लिज ड्रेस लगाएकी छिन् । यस लुकमा नोरा हलिउड अभिनेत्री जस्तै देखिन्छिन् । तर, उनको नयाँ लुक्सलाई फ्यानले खासै रुचाएका छैनन् । यही कारणले गर्दा नोराको यो नयाँ लुकको सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।

नोराले ग्ल्यामरस स्टाइलमा तस्बिर सेयर गर्दै ब्राजिलियन गीतको बोल लेखेको पछिल्लो पोस्टका कारण नोरा ट्रोल भइन् । यो पोस्टमा प्रयोगकर्ताहरूले नोरालाई धेरै ट्रोल गरिरहेका छन्।

एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्-‘ कपाल हेरेर बुढीमान्छेकाे याद आयो।’ अर्का प्रयोगकर्ताले लेखेका छन्– यो कार्डी फतेही हो । अर्का प्रयोगकर्ताले लेखेका छन्– आजकभाेलीका मानिसहरू जे पनि लगाउछन् ।’

आर्यन र नोराको सम्बन्धको हल्ला
केही दिन पहिले आर्यन र नोराको डेटिङको खबर बाहिर आएको थियो । वास्तवमा यी दुवैको केही आम मानिससँगको तस्बिर भाइरल भइरहेको थियो । यी तस्बिरहरू हेरेपछि फ्यानहरूले दुवै एकअर्कालाई डेट गर्दै सँगै समय बिताउन दुबई गएको अनुमान गरेका छन् । तर, यी कुराहरू अहिलेसम्म कसैले पुष्टि गरेका छैनन्।

प्रतिक्रिया