अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या
मेरोन्यूज
२०७९ माघ २ गते १२:०२
काठमाडौं । अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ। समाचार संस्था रोयटर्सका अनुसार ३२ वर्षीया मरसल नविजादाको हत्या भएको हो ।
काबुलस्थित आफ्नै घरमा बसिरहेका वेला उनीमाथि गोली हानिएको थियो । आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका छन् । गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ ।
नविजादा सन् २०१८ मा काबुलबाट तत्कालीन संसद्को तल्लो सदनमा निर्वाचित भएकी थिइन् । तर, सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै उनी पदमुक्त भएकी थिइन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया