प्रचण्डको क्याबिनेटमा ४ जना उपप्रधानमन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिमण्डलमा ४ जना उपप्रधानमन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्रीले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका एक एक जना नेताचलाई सरकारमा सहभागी बनाएर उपप्रधानसहितको मन्त्रालय जिम्मा दिन लागेका हुन् । यस अगाडी नै प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भईसकेका छन् ।
आज विस्तार गरिने मन्त्रीमण्डलमा अर्का एक जना पनि उपप्रधानमन्त्रीका रुपमा थपिने भएका छन् ।
राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङदेनलाई आज उपप्रधानसहित उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको जिम्मेवारी दिन लागिएको छ ।
यस अगाडी एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा छन् ।
लामिछाने र लिङदेन दुवै आ आफना पार्टीका अध्यक्ष पनि हुन् ।















दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया