आफन्तको शव पहिचान गर्न भारतका चार जना नेपाल प्रस्थान

नेपालमा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका उत्तर प्रदेश (युपी) राज्यको गाजीपुरका यात्रीको शव पहिचान गर्न मृतकका आफन्त छिमेकी देशतर्फ प्रस्थान गरेका छन् ।
नेपालमा विमान दुर्घटनामा मृत्यु भएका उत्तर प्रदेशको गाजीपुरका चार जना पुरुष आफन्तीको शव पहिचान गर्न सोमबार नेपालतर्फ प्रस्थान गरेका जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।
“म अनिल राजभरको बुबा हुँ, जिल्ला प्रशासनले हामीलाई नेपाल लैजाँदैछ, शव पहिचान गर्न डिएनए परीक्षण गरिने छ,” रामदर्शन राजभरले भने । मध्य नेपालको पर्यटकीय शहर पोखरामा पाँच जना भारतीयसहित ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रुवाहक विमान खोलामा खस्दा कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।
दुर्घटनाग्रस्त विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स नेपाली सेनाले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरिसकेको छ । दुर्घटनास्थलबाट हालसम्म ६९ जनाको शव निकालिएको छ । दुई इन्जिन भएको एटीआर ७२ विमान हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु केही मिनेटअघि दुर्घटना भएको थियो ।
पहिचान भएका शवको शल्यपरीक्षण गरिएको छ भने विदेशी र पहिचान हुन नसकेकालाई काठमाडौँ पठाइएको छ । यति एयरलाइन्सले दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै सोमबारको नियमित उडान रद्द गरेको थियो भने नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको थियो ।
















हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
Madhesh Province Assembly formulates 67 laws
थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
4 die, 5 injured in firing incidents in Karachi
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया