महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

काठमाडौँ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै २८ वर्षदेखि सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने भएको छ ।
यसका लागि बैंकले सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रा.लि. गरी दुई स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरेको छ ।
सम्झौतापश्चात बैंकका ग्राहकहरूले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयर प्रा.लि. का सेवाहरुमा अधिकतम १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
















खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया