तीन ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहिमा

काठमाडौं । धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई कारवाहि गरेकाे छ।
तोकिएको समयमा विवरण पेश नगरेको भन्दै बोर्डले तीन कम्पनीलाई नगद जरिवाना गराएको हाे ।
बोर्डको कारबाहीमा पर्ने ३ ब्रोकरमध्ये धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (१)बमोजिम तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
साथै, धितोपत्र दलाल व्यवसायीहरु त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रा. लि.ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगर्ने उल्लेखित धितोपत्र दलाल व्यवसायीहरु प्रत्येकलाई बोर्डले रु पचहत्तर हजार रुपैयाँका दरले जरिवाना गरेको बोर्डले जनाएको छ।
















रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया