बेलायतका नर्स हडतालमा
मेरोन्यूज
२०७९ माघ ५ गते ८:०५

लण्डन । तलबको विषयलाई लिएर बेलायतका नर्सहरूले हडताल सुरु गरेका छन् । मूल्यवृद्धिको आधारमा तलब बृद्धिको माग गर्दै नर्सहरुले बुधबारदेखि हड्ताल सुरु गरेका हुन् । नर्सको हड्तालका कारण स्वास्थ्य सेवा प्रभावित भएका छन् ।
नर्सहरुको संस्था नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारमा पहल नगरेको आरोप लगाएको छ । वेलायतको स्वास्थ्य सेवामा नर्सहरूको माग भइरहेको समयमा हडताल भएको छ । कोभिडलगायतका समस्याका कारण सेवाग्राहीको भीड बढिरहेका बेला हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ ।एजेन्सी
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया