डिजिटल होम इन्टरनेशल र ताइवानी कम्पनीबीच सम्झौता
मेरोन्यूज
२०७९ माघ ५ गते १७:२६

काठमाडौँ । नेपाली बजारमा स्थापित डिजिटल होम इन्टरनेशलको ब्राण्ड डीएचआइले ताइवानको प्रसिद्ध प्राविधिक कम्पनी, स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई आफ्नो प्राविधिक साझेदार
बनाएको छ ।
यस साझेदारीले डिएचआइका होम एप्लायन्स तथा होम इलेक्ट्रोनिक्सको उत्पादनहरूको गुणस्तर, डिजाइन र सेवामा वृद्धि गर्दै नयाँ विद्युतीय उपकरणहरू बजारमा ल्याउने डिएचआईका प्रमुख केशवकान्त पौडेलले बताए ।
सेट अप बक्सहरूको निर्माण र वितरणमा सफलता हात पारिसकेको डिएचआइको अबको लक्ष्य देशभरका ग्राहकहरूलाई आफ्ना होम एप्लायन्स र इलेक्ट्रोनिक उत्पादनमार्फत उच्च स्तरीय सेवा र सुखद् अनुभव प्रदान गर्ने रहेको बताइएको छ ।
साथै, दुई पक्षबीचको सहकार्यले स्थानीय बजार र नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकास र बजारको माग पूर्ति गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सम्बन्धित
















महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया