बुधबार, पुष ९, २०८२

अस्पतालमा चित्रादेवी : प्रत्यारोपण गर्न मिर्गौला पाइन्, आर्थिक सहयोगको याचना

मेरोन्यूज २०७९ माघ ५ गते १९:१४

काठमाडौँ । मिर्गौला रोगबाट पीडित भएकी चित्रादेवी पाध्याको उपचार गर्न सहयोग जुटाउने प्रयास गरिएको छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शिक्षण अस्पताल काठमाडौँमा भर्ना भएकी पाध्याको उपचारमा खर्च अभाव हुन थालेको हो ।

बागलुङको जैमिनी नगरपालिका १ पाही (हाल कुश्मीशेरा टार)की स्थायीबासी भएकी उनको जीवन रक्षा गर्न परिवारले सहयोगको याचना गरिएको हो ।

४५ वर्षीया उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको तर मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भएपछि अवस्था कठिन बन्दै गएको हो ।

उनको उपचारका लागि अहिलेसम्म सात लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उनका श्रीमान नारायण दत्त (नवराज) पाध्या आफैले मिर्गौला दिन तयार भएका छन् । तर, मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या देखिन थालेको हो ।

चार सन्तानकी आमा चित्रादेवीले मिर्गौला रोगबाट पीडित बनेसँगै पारिवारिक आर्थिक अवस्था कठिन बन्दै गएको छ । उनको उपचारमा सहयोग गर्ने शुभेच्छुकले ग्लोबल आइएमई बैंकमार्फत आर्थिक सहयोग गर्न सक्ने छन् । जसका लागि नारायण दत्त पाध्याको नाममा रहेको ०४५०७०१०००६७९५ खाता प्रयोग गर्न सक्ने छन् ।

प्रतिक्रिया