सोमबार, चैत ९, २०८२

रिडी पावरले बोलायो साधारण सभा, यस्ता छन् एजेन्डा

मेरोन्यूज २०७९ माघ ६ गते १२:०५

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । माघ २९ गते इन्द्रेणाी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी उक्त सभा बोलाइएकाे हो ।

Advertisement
nepal life insurencenepal life insurence

सभामा गत आ.व.को मुनाफाबाट प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश गरी जम्मा ४२.१० प्रतिशत लाभांश र साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडको सम्पूर्ण शेयर खरिद गर्ने प्रस्ताव समेत पारित गरिने छ ।

त्यस्तै, गत आव २०७८/७९ को वार्षिक प्रतिवेदनमाथी छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव रहेको छ ।

आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, मर्जर पश्चात साविक रिडी हाइड्रोपावर कम्पनी लिमिटेड र साविक रैराङ हाइड्रोपावर कम्पनीबीच गाभिएपश्चात शेयरधनीको तर्फबाट ४ जना संचालक निर्वाचित गर्ने सभाको एजेण्डा पनि रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने छ ।

प्रतिक्रिया