६ महिनामा १९.३४ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा
मेरोन्यूज
२०७९ माघ ७ गते १०:३४

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सानिमा बैंकको नाफा १९.३४ प्रतिशत बढेकाे छ । यस अवधिका सानिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ९६ करोड ३७ लाख ९ हजार रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशत बढेर ३ अर्ब २१ करोड ५ लाख ७९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २१.४२ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख १८ हजार रुपैैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा रहेको छ।
सम्बन्धित
















राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया