ग्लोबल आइएमई बैंकको नाफा पौने ३ अर्ब

काठमाडौं । हालै बैंक अफ काठमाण्डूसँग मर्ज गरेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अनुसार बैंकको नाफा ४.४७ प्रतिशत बढेको हो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३६.४५ प्रतिशत बढेर ६ अर्ब ५४ करोड रुपैयाँ, सञ्चालन मुनाफा ३.१९प्रतिशत बढेर ३ अर्ब ७९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १८.०७ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी २२.३९ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ११.६४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५४.३४ रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ र जगेडा कोष ७१.१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड रुपैयाँ, निक्षेप ४ खर्ब ३ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।
















नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया