एनएमबि बैंकको नाफा ११ प्रतिशतले वृद्वि

काठमाडौं। एनएमबि बैंकले बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको ११.११ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले पुस मसान्तसम्ममा ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ ।
पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा, नेटवर्थ प्रतिसेयर १ सय ४८ रुपैयाँ १० पैसा छ।
















ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया