टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटर अन्सारी र आलम पक्राउ
मेरोन्यूज
२०७९ माघ ९ गते १३:१२

काठमाडौँ । नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
अन्सारी टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। आलम भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन् ।
आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन्। पछिल्लो समय राष्ट्रिय टिममा रहेका ४१ वर्षीय मेहबुबको नाममा एकै खेलमा दश विकेट लिने कीर्तिमान छ।
१९ वर्षीय आदिलले अमेरिकाविरुद्धको खेलमा डेब्यू गर्दा ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए।
गत महिना भएको टी–२० लिग सुरुदेखि नै विवादमा परेको थियो।
सम्बन्धित
















ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया