पठानको बम्पर अग्रिम बुकिङ, केजीएफ–२ को रेकर्ड तोड्ने अनुमान

शाहरुख खानको फिल्म पठान भोलिदेखि रिलिज हुँदैछ । सबै विवाद र बहिष्कारको प्रवृत्तिका बाबजुद पनि चलचित्रले बम्पर अग्रिम बुकिङ पाउन थालेको छ । पहिलो दिनमै १.७१ लाख टिकट बुकिङ भएको थियो । २४ जनवरी बिहानसम्म यो संख्या ४.३० लाख पुग्यो। पठान अग्रिम बुकिङका हिसाबले सबैभन्दा ठूलो हिन्दी फिल्म बनेको छ ।
यसअघि साउथको फिल्म केजीएफ–२ लाई यस्तो ओपनिङ दिइएको थियो । यो फिल्मका लागि ५ लाखभन्दा बढी अग्रिम टिकट बुकिङ गरिएको थियो । ट्रेड एनालिस्ट तथा फिल्म समालोचक सुमित कडेलका अनुसार पठानले केजीएफ–२ को रेकर्ड पनि तोड्न सक्छ।
अबको ४–५ दिनमा फिल्म हिट हुने कि फ्लप भन्ने खुल्नेछ । तर जसरी पठानको एडभान्स बुकिङ भएको छ, त्यसले लामो समयपछि बलिउडमा कुनै फिल्मले बम्पर बुकिङ आउने अपेक्षा गरिएको छ । ट्रेड विश्लेषकहरूका अनुसार पठानको ओपनिङ डेको कमाई ४५ करोडको हाराहारीमा हुनसक्छ । सुरुको २–३ दिनमै फिल्मले सय करोडको आँकडा छुन्नेछ ।
यो फिल्म हिन्दी बेल्टमा करिब ४५०० स्क्रिनमा रिलिज हुनेछ भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुनेछ ।
फिल्म पठानको अग्रिम बुकिङलाई हेर्दा यसले कमाईको मामिलामा पनि केजीएफ–२ लाई पछाडि छोड्ने अनुमान गरिएको छ ।
















यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया