सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
















भुटानमाथि नेपालको २–१ को जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
प्रतिक्रिया