आईओएमका विद्यार्थी र प्रहरीबीच झडप
मेरोन्यूज
२०७९ माघ १० गते १२:३८

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
विद्यार्थीले महाराजगञ्जस्थित आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रशासनले प्रहरी लगाएर खोलेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।
आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले सोमबार बिहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।
प्रहरीले सामान्य लाठी प्रहार गर्नुका सार्थ केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आइरहेको छ । विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।
सम्बन्धित
















ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया