माघ १३ गतेदेखि देशभर प्रदर्शन हुँदै चलचित्र ‘जीवनसाथी’
मेरोन्यूज
२०७९ माघ १० गते १३:०२

काठमाडौं। चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो ।
चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रा।लि। र सिन्का फिल्म प्रोडक्सन प्रा।लि।ले निर्माण गरेको हो ।
भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।
नेपाली र तामाङ भाषाका दर्जनौं सफल चलचित्रहरु प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र मन गराउनेमा विश्वस्त छन् ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया