सीआईबीको अनुसन्धान : नेपाल टी-२० क्रिकेटमा चार व्यवस्थापन नै संग्लग्न
‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ मा १ खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता

काठमाडौँ । नेपाल टी २० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा चार जना फ्रेञ्चाइज टिमकै व्यवस्थापन संलग्नता रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार फिक्सिङमा खेलाडीसहित १० जनाको संलग्नता देखिएका छन् ।
व्यवस्थापनतर्फ काठमाडौँ नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थाप संलग्नता देखिएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरी १ जना नेपाली खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको हो ।
प्रहरीका अनुसार स्पट फिक्सिङमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी त्यसैअनुसार बलिङ गरेका थिए । जनकपुर रोयल्समा आबद्ध २० वर्षीय आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नोबल बल फालेका थिए ।
त्यस्तै एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसमेत फिक्सिङमा संलग्न भएको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले २ जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रलोभन देखाएको सीआईबीले जनाएको छ ।
फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् । उनीहरूलाई पाँच दिन म्याद थपिएको छ ।


















दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया