टी-२० क्रिकेट : ६ देखि १० लाखसम्म प्रस्ताव, यसरी भएको थियो फिक्सिङ

काठमाडौँ । नेपाल टी-२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा सहभागी चार टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागी टोलीमध्ये चार टिम काठमाडौँ नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो ।
साथै, फिक्सिङमा एक नेपाली र एक विदेशी गरी दुई खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन गरेको तथा दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको जानकारी दिए ।
गृह मन्त्रालयको निर्देशनपछि थालेको अनुसन्धानमा खेलाडीलाई ६ देखि १० लाख रुपैयाँसम्मको प्रस्ताव गरिएको सीआईबीले जनाएको छ । फिक्सिङका लागि उनीहरूलाई प्रत्यक्ष तथा अन्य समाजिक सञ्जाल र फोन, सन्देशबाट अप्रत्यक्ष रुपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो ।
यस्तै, सीआईबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिकासमेत शंकास्पद रहेको जनाएको छ ।
गत पुस ९ गतेबाट शुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्वीकार गरेपछि फिक्सिङ प्रकरण बाहिरिएको थियो ।
खेलपछि काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरूले यसबारे एन्टी करप्सन युनिट (एसियु)लाई जानकारी गराएको जनाएका थिए ।
स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिल अन्सारीलाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । जम्मा पाँच खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरिएको उनको भनाइ छ ।
अन्य फिक्सिङमा संलग्न नाम भने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन । कार्यवाहक प्रवक्ता थापाले अनुसन्धानको काम भइरहेको अवस्थामा कसुर भई ठहरिएमा पक्राउ गर्ने कठिन हुने भन्दै अन्यको नाम सर्वाजनिक नगरेको बताए । साथै यसमा नेपाल क्रिकेट संघ (क्यान)को कुनै संलग्नता नभएको सीआईबीले जनाएको छ ।
मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहिताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै, फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानूनी व्यवस्था छ ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया