सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल आम सञ्चार माध्यामको रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? प्रश्न गरे ।
उनले सबै सञ्चार माध्यामहरूमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरू स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्र्रह गरे । त्यसो हुँदा अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उनको भनाइ थियो ।
थपलियाले भने, ‘मलाई प्रेस काउन्सिल नेपालप्रति चाँही एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन ग¥यौं । प्रतिवेदनमा ९० प्रतिशत कुरा यिनै होलान । हामीले यस्तो सफ्टवेयर डेभलप्ट गर्नु पर्छ अनाधिकृत रुपमा प्रकाशित, प्रसारित हुने विषय त हामी के गर्न सकौला र । आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनासाथ स्वतहः प्रेस काउन्सिल नेपालको त्यो सफटवेयरमा स्वतहः आउने व्यवस्था हुनु प¥यो ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिए ।
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया