इराकमा चौध जनालाई मृत्युदण्ड

इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजायँ बिहीबार सुनाएको हो ।
सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए ।
यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको हो । इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।
उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया