प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ

लमजुङ । प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो ।
आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।
बेसीशहरमा डेरा गरि वस्ने गुरुङ विभिन्न महिलाहरुसंग रु ७ लाख १७ हजार पाच सय रुपैया लिएर सम्पर्क विहिन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हु प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए ।
गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले वताए ।
निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक जगदिश रेग्मीले जानकारी दिए ।
















प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
Forty injured in bus mishap on Narayangadh-Muglin road section
बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया