शनिबार, चैत २८, २०८२

कञ्‍चनजंघाको फेदी घुन्सामा अझै परेन हिउँ

मेरोन्यूज २०७९ माघ १५ गते ९:३८


ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लागे । उनले बसाइसराइ गरेका होइनन् । उनी हिउँ छल्न काठमाडौँ गएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनी विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्थे । तर यस वर्ष भने काठमाडौँ नै पुगेका छन् । हिमपात हुँदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौँ पुगेका छन् । पेमा र उटुक दुई जनाले मात्र हिउँ छल्न गाउँ छोडेको भने होइन । गाउँका आधा घरपरिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुगेका छन् ।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताए । उनका अनुसार घुन्सा गाउँमा ३३ घर परिवार बसोबास गर्दै आएका छन् । गत मङ्सिर सुरु भएसँगै २० घर परिवारले हिउँ छल्न गाउँ छोडेर सरमुकाम फुङ्लिङ बजार कोही पुकेकाछन् भने कसै काठमाडौँ पुगेका छन् । अ

हिले १३ घर परिवार मात्र गाउँमा रहेका छन् । यस गाउँका प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालनमा निर्भर रहेको छ । जाडोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन ठप्प छ । केही चौँरी याक गोठ हुने मात्र गाउँ रुङ्गालो बसेको स्थानीय पेम्पा शेर्पाले बताए ।

विगका ताप्लेजुङको हिमाली क्षेत्रमा विगका वर्षमा मङ्सिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमाल सेताम्य हुन्थ्यो । तर अहिले हिमाली क्षेत्र हिमपात भएको छैन । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर दिनदिनै हिउँ बग्लेर कालो चट्टान जस्तै बन्दै गएको छ । मङ्सिर तेस्रो साता हिउँ छाल्न गाउँ छोडेर काठमाडौँ पुगेका पेमा शेर्पाले भने, “हिउँ पर्छ भने गाउँ छोडेर काठमाडौँ पुगेको दुई महिना भयो । तर अहिलेसम्म गाउँमा हिउँ परेको छैन । मैले हिजो मात्र गाउँमा फोन गरेको थिए ।” माघसम्ममा पनि गाउँमा हिमपात नभएमा काठमाडौँ छोडेर गाउँ फर्कने योजनामा रहेको शेर्पाले बताए ।
समुद्र सतहदेखि चार हजार दुई मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपाकिा-७ याङमा गाउँमा हो ताम्मलिङ शेर्पा समयमै हिमपात नभएसंगै आहिले निरासामा छन् । याङमा गाउँ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । हिमालको फेदीमा पर्दछ । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन् ।

अहिले शेर्पाले हिमालहरु काला पत्थर जस्तै भएको हिमाल हेर्दै दिन बिताउछन् । चिन्तित हुदै उनले भने, “हिउँ पग्लेर हिमाल सुख्खा हुन थाल्यो । हिमाल सुख्खा भयो भने पानीको मुहानहरु सुक्छ । चौरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्का हुदै गए पछि घाँस उम्रीदैन । घाँस नभए पनि चौंरी याकहरु तिर्खा र भोकले मर्ने छन्” याङमा गाउँका समुदायको मुख्य पेशा चौंरी याक पालन हो । उच्च हिमाली स्थान भएकाले अन्न हुदैन । त्यसैले चौरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो । त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुदै गएसंगै चिन्ताले पिरोल्न थालेको हो ।

“हिमालमा हिउ पग्लदै गएको छ । खेतबारीहरु सुख्खा हुदै छ ।” सिरिजंघा गाउँपाििलका—६ मामांखेका लोकेन्द्र लिम्बूले भने, “बारीमा जौं गहुँ खेती उम्रने बाला लाग्न नपाई सुक्दै गएको छ । केही कसैले त पाईपमा पानी ल्याएर स्प्रीङकल(सिचाई गर्ने एक प्रकारको मेसिन) खेतबारीमा घुमाउँदै छन् ।” अहिले लिम्बूको दैनिकी नै अलैँची बगानमा सिचाई गर्ने छ । पानी नपर्ने र हुरी बतासमात्र चल्ने भएकाले खरेडीबाट अलैँची बगान जोकाउँनका लागि बिहान बेलुका अलैँची बगानमा सिचाई गर्न ब्यस्त भएको लिम्बूले बताए ।

जिल्लाका किसानलाई यतिखेर आलु रोप्न समय भए पनि तर हिमाल हिउँ पग्लदै गएर कालो पत्थर जस्तै हुदै गएको छ पानी परेको छैन । रोपेको आलु उम्रन नपाई सुक्ने पो हो की भन्ने चिन्ताले सताउन थालेको फक्ताङलुङ गाउँपालिका—६ का किसान विर्ख बहादुर फेम्बूले बताए । विगतका वर्षहरुमा मंसिरको दोस्रो साता देखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । तर यस वर्ष भने माघ लाग्दा समेत हिउँ नपरेको समुद्र सतह देखि तीन हजार ५०० मिटरमा अस्थित फक्ताङलुङ गाउँपालिका—६ फलेका पेम्पा फुटी शेर्पाले बताए ।

विगतमा यातायातका साधनहरुको चाप कम हुन्थ्यो विस्तारै विकास निर्माणसंगै मानिसको चाप र यातायातको चाप समेत बढ्दै गएकोले मधेश तिरको हुस्सु हिमाली क्षेत्रमा फैलिन थालेको फुङ्लिङ नगरपालिका–५ का निर्मला विक्रम माबोहाङको भनाइ छ । अहिले हिमालमा स्नो लाइन(हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक चितेन चेम्जोङले बताए । उनले भने, “जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ । हिउँ समयमै नपर्नुले प्रत्यक्ष तथा अप्रत्यक्ष वातावरणमा असर पुर्याएको हुन्छ ।”

कञ्चनजङ्घा हिम श्रृंखला क्षेत्रमा विश्वकै दुलर्भ जनवार हिउँ चितुवाको विषेश बासस्थान मानिन्छ । हिउँ नै पग्लदै गएपछि हिउँ चितुवा संकटमा पर्न सक्ने चेम्जोङले चिन्ता व्यक्त गरे । विकाससँगै सहरदेखि गाउँ–गाउँमा औद्योगीकरण, यातायात साधनको चाप वृद्धिभएसँगै वायु प्रदूषण बढ्दै गएकाले समयमा पानी नपर्ने समय हिउँ नपर्ने जस्ता समस्या देखापर्न थालेको लामो समयदेखि जैविक विविधता क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ रहेको छ । समयमै हिउँ नपरेकाले जोखिम पनि त्यतिकै बढ्दै गएको उनको भनाइ छ ।

हिमताल सुक्ने, पानीको मुहान सक्दै जाने, वन जङ्गल सुख्खा हुने भएकाले वन जङ्गलमा ढडेलो लाग्ने ठूलो सम्भाना रहेको कार्यक्रम संयोजक राईले बताए । वन जङ्गलमा रहने वन्यजन्तुको स्थानान्तरण हुँदै जाने उनको भनाइ छ । (रासस)

प्रतिक्रिया