स्पट फिक्सिङ प्रकरण
क्यानका अध्यक्षसहित पदाधिकारीको राजीनामा माग (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमिति भित्रैबाट अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका५ जना पदाधिकारीको राजिनामा माग भएको छ । क्यानका ७ केन्द्रीय सदस्यले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिमा रहेका सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् ।
काठमाडौंमा पक्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यहररूमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजीनामा मागेका हुन् ।
आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको आरोप सदस्यहरुले लगाएका छन् ।
अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए ।


















चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया