श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छः राष्ट्रपति
मेरोन्यूज
२०७९ माघ १५ गते १६:०९

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन् ।
श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ ।
राष्ट्रपति विक्रमासिङ्घेले सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरु तथा ऋण पुनर्संरचना कार्यक्रममा अबरोध आए आर्थिक सङ्कटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको पनि बताए ।
श्रीलङ्काको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया