गायक कैलाश खेरमाथि आक्रमण
मेरोन्यूज
२०७९ माघ १६ गते १४:५९

भारतीय गायक कैलाश खेरमाथि कर्नाटकमा भएको हम्पी उत्सवको लाइभ कन्सर्टमा आक्रमण भएको छ । उत्सवमा गीत गाइरहेका उनलाई स्टेजमै आक्रमण भएको हो ।
गत बिहीबार भएको कन्सर्टमा कैलाशमाथि दुई अज्ञात व्यक्तिले बोतल प्रहार गरेका थिए । गायकमाथि भएको आकस्मिक आक्रमणपछि प्रहरीले तुरुन्तै ती दुई व्यक्तिलाई पक्राउ गरेको थियो ।
कैलाशले उत्सवको समापन समारोहका समयमा केवल हिन्दी गीतमात्र गाएका थिए । उनले एउटा पनि कन्नड गीत गाएनन् । जसकारण त्यहाँ उपस्थित दर्शक निराश भएका थिए । यही मौकामा दुई स्थानीय प्रदीप र सुरह नामका व्यक्तिले गायकमाथि बोतल फ्याक्न थालेका थिए ।
प्रहरीले प्रदीप र सुरहलाई पक्राउ गरेर बयान लिइसकेको छ । यद्यपि यो मामलामा हालसम्म कैलाश र उनको टिमबाट कसैले आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया