कृषि मिटरको महसुल पचरौता नगरपालिकाले तिरिदियो

किसानलाई सहुलियतका लागि बाराको पचरौता नगरपालिकाले नगरक्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ । पचरौता नगरपालिका नगरप्रमुख जलन्धर सिंह जैसवार र वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले सोमबार काठमाडौं गई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत् मिटरको महसुल बुझाएका हुन् ।
नगरपालिकाकको नगर सभाको निर्णय अनुसार यस अघिको बक्यौता रकमदेखि हालसम्मको रकम गरि करिब ४८ लाख १५ हजार रुपौया नगरपालिकाले भुक्तानी गरेको पचरौता नगरपालिका कर्मचारी मुकेश सिंहको जानकारी दिए ।
नगरक्षेत्रभित्र रहेका १ हजार ३३ किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिएको हो ।
कृषि मिटर चलाउँदा किसानले खपत गरेको विद्युत्को महसुल नगरको कृषि शाखामार्फत सम्बन्धित किसानका नाममा विद्युत् प्राधिकरणलाई सोझै भुक्तानी गरिने प्राधिकरणसँग नगरको सम्झौता भएको नगरप्रमुख जैसवारले बताए । ‘नगरपालिका सँग किसानले माग गरेको र चुनावका बेलामा जनतासँग गरेका बाचा अनुसारनै कृषि मिटर जडान गरिएको थियो र त्यसयताको महसुल नगरले भुक्तानी दिएको हो ।’
कृषि मिटर चलाएका किसानले प्राधिकरणमा मिटर किन्दा लिएको रसिद, ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता भएपछि त्यसका आधारमा नगरले महसुल प्राधिकरणलाई भुक्तानी दिने गरेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले बताए ।
नगरक्षेत्रमा १ हजार ३३ जना किसानले कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक छ । किसानले खेतीपाती गर्दा मासिक रूपमा खपत गरेको विद्युत्को बिलअनुसार प्राधिकरणलाई भुक्तानी दिने गरेको छ ।
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया