डेटिङको खबरकाबीच एकसाथ भेटिए अनन्या पाण्डे र आदित्य रोय कपुर

बलिउड अभिनेत्री अनन्या पाण्डे र आदित्य रोय कपुर आजभोली आफ्नो प्रेम जीवनका कारण चर्चामा छन् । हालै दुवै जना एकअर्कालाई डेट गरिरहेको खबर आएको थियो । यसैबीच यी दुवै सोमबार (३० जनवरी) मा एकसाथ स्पोट भएका थिए।
वास्तवमा फिल्म निर्माता करण जोहरले आफ्नो बान्द्राको घरमा पार्टी आयोजना गरेका थिए । यसमा अनन्या पाण्डे र आदित्य रोय सहभागी हुन गएका थिए । पार्टीमा अनन्या कालो बडीकन ड्रेसमा देखिएकी थिइन् । जहाँ आदित्य क्याजुअल लुकमा देखिएका छन् । उनले कालो टोपीसहित कालो टि–सर्ट लगाएका थिए ।
सामाजिक सञ्जालमा उनीहरुको भिडियो पनि सार्वजनिक भएको छ, जसमा दुवै अलग–अलग कारमा करणकहाँ गइरहेका छन् । भिडियो हेरेपछि केही फ्यानले जानीजानी दुवै एउटै कारबाट नआएको बताएका छन् । कतिपयले उनीहरुको जोडीको तारिफ गर्दै भने, ‘दुबै सँगै निकै क्यूट देखिन्छन् ।
केहि महिना अघि मिडियामा खबर आएको थियो कि अनन्या र आदित्य बिच केहि चलिरहेको छ, तर यस विषयमा आधिकारीक जानकारी भने आएको छैन । रिपोर्टमा यो पनि दावी गरिएको छ कि यी दुईले भर्खरै एकअर्कालाई डेट गर्न थालेका छन्, जसको कारणले गर्दा दुबै मिडियामा सँगै कैद भएनन्।










बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया