तारक मेहताले पाएनन् पूरा पारिश्रमिक

भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’ कुनै न कुनै कारण चर्चामा आइरहन्छ । केही महिना अघि यसका कलाकारहरु शैलेश लोढा, राज अनादकट र निर्देशक मालव राजदाले शो छोडे । अहिले भने यो शो छोडेका कलाकारको पारिश्रमिक नदिएको विषयले चर्चा पाएको छ ।
शोमा तारक मेहताको भूमिका निभाएर चर्चा पाएका शैलेशको हालसम्म पारिश्रमिक मिलान भइसकेको छैन । शैलेशले यो शोमा करिब १४ वर्ष बिताए । उनले ७ महिना अघि मात्र शो छोडेका थिए । उनको स्थानमा अहिले सचिन श्राफ तारक मेहताको भूमिका निभाइरहेका छन् ।
शोले शैलेशको एक वर्ष बढी समयको पारिश्रमिक दिएको छैन । यो पारिश्रमिक करिब ६ डिजिटको छ । शैलेश एक वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहे पनि निर्माता असित कुमार मोदी शैलेशलाई पारिश्रमिक दिने विषयमा कुनै ध्यान दिइरहेका छैनन् ।
स्रोतका अनुसार शैलेशले शोरनरका साथ विवादका कारण शो छोडेका थिए । उनले आफूलाई अपमानित भएको महशुस गरेपछि विना कुनै जानकारी शो छोडेका थिए । शो छोडेदेखि शैलेश शोको विषयमा मौन छन् ।
कलाकारले शो छोडे पनि पूर्ण पारिश्रमिक नपाएको यो पहिलोपटक होइन । यसअघि अभिनेत्री नेहा मेहताले पनि शो छोडेपछि पूर्ण पारिश्रमिक पाएकी थिइनन् । उनले अझै पनि झण्डै ४० लाखको हाराहारीमा पारिश्रमिक पाउन बाँकी छ । त्यस्तै ‘टप्पू’को भूमिका निभाउने राज अनादकट पनि यस्तै समस्याबाट पीडित थिए ।









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया