तारक मेहताले पाएनन् पूरा पारिश्रमिक

भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’ कुनै न कुनै कारण चर्चामा आइरहन्छ । केही महिना अघि यसका कलाकारहरु शैलेश लोढा, राज अनादकट र निर्देशक मालव राजदाले शो छोडे । अहिले भने यो शो छोडेका कलाकारको पारिश्रमिक नदिएको विषयले चर्चा पाएको छ ।
शोमा तारक मेहताको भूमिका निभाएर चर्चा पाएका शैलेशको हालसम्म पारिश्रमिक मिलान भइसकेको छैन । शैलेशले यो शोमा करिब १४ वर्ष बिताए । उनले ७ महिना अघि मात्र शो छोडेका थिए । उनको स्थानमा अहिले सचिन श्राफ तारक मेहताको भूमिका निभाइरहेका छन् ।
शोले शैलेशको एक वर्ष बढी समयको पारिश्रमिक दिएको छैन । यो पारिश्रमिक करिब ६ डिजिटको छ । शैलेश एक वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहे पनि निर्माता असित कुमार मोदी शैलेशलाई पारिश्रमिक दिने विषयमा कुनै ध्यान दिइरहेका छैनन् ।
स्रोतका अनुसार शैलेशले शोरनरका साथ विवादका कारण शो छोडेका थिए । उनले आफूलाई अपमानित भएको महशुस गरेपछि विना कुनै जानकारी शो छोडेका थिए । शो छोडेदेखि शैलेश शोको विषयमा मौन छन् ।
कलाकारले शो छोडे पनि पूर्ण पारिश्रमिक नपाएको यो पहिलोपटक होइन । यसअघि अभिनेत्री नेहा मेहताले पनि शो छोडेपछि पूर्ण पारिश्रमिक पाएकी थिइनन् । उनले अझै पनि झण्डै ४० लाखको हाराहारीमा पारिश्रमिक पाउन बाँकी छ । त्यस्तै ‘टप्पू’को भूमिका निभाउने राज अनादकट पनि यस्तै समस्याबाट पीडित थिए ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया