अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी

फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायाये । फिल्मले विश्वस्तरमा २ दशमलब १३ बिलियन डलर कमाई गरेको थियो ।
हालैमात्र फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ पुरा गरेको बताएका छन् । उनले भविष्यमा ‘अवतार ५’ पनि बन्न सक्ने जनाउ दिएका छन् । यही बीचमा फिल्मका निर्माता जोन लेन्डोले ‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले अभिनय गर्ने गरेका छन् ।
‘‘अवतार ३’मा नावीको नयाँ रेसको बारेमा देखाइनेछ । जसको धेरै विरोधी हुने सम्भावना छ । यसमा चार्ली च्याप्लिनकी नातिनी ओना च्याप्लिनले पनि महत्वपूर्ण भूमिका निभाउनेछिन्’, जोनले भनेका छन् ।
सन् २०१८ मा च्याप्लिनले ‘अवतार’ फ्रेञ्चाइजीको तारिफ गरेकी थिइन् । उनले यसलाई ‘ट्रोजन हर्स फिल्म’का रुपमा बताएकी थिइन् । जोनले फिल्मको चौथो फ्रेञ्चाइजीमा समयको ठूलो छलाङ देखाउने खुलासा पनि गरेका छन् । ‘जसले दर्शकलाई ‘अवतार ५’ तिर लैजानेछ । जुन फिल्म धर्तीमा बनेको हुनेछ’, उनले भनेका छन् ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया