अपराधको सफल अनुसन्धान गर्न निर्देशन : सिंह
काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । हालै सरुवा भई कार्य क्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतलाई आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाइ गरी राजस्व सङ्कलनमा सहयोग गर्न पनि आग्रह गरे ।
प्रहरी प्रधान कार्यालमा भएको उक्त कार्यक्रममा उनले स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई लाग्न पनि निर्देशन दिए। प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखका रूपमा खटिँदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै गलत काम गर्नेलाई कारबाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुपर्ने बताए । फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटर ब्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न उहाँले निर्देशन दिए।
प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारबाहीहरू थप नागरिकमैत्री बनाउँदै लैजानुपर्ने उल्लेख गेर ।
प्रहरी अधिकृतहरूले आफ्नै क्षेत्रमा हुने विभिन्न अपराधहरूको समयमा नै पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यक योजना बनाई आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया