भारतको नक्सामा हिँडेपछि ट्रोल भए अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार ट्रोलको निशानामा परेका छन् । अक्षयले हालै सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनी भारतको नक्सामा हिँडिरहेको देखिएका छन् । क्लिपमा अक्षयसँगै दिशा पटानी, नोरा फतेही, मौनी रोय र सोनम बाजवा पनि नक्सामा घुमिरहेको देख्न सकिन्छ ।
यस भिडियोमा अक्षय इन्टरनेशनल एयरलाइन्सको विज्ञापनमा देखिएका छन् । यो भिडियो शेयर गर्दै उनले लेखेका छन्, मनोरञ्जक ‘उत्तरी अमेरिकामा शतप्रतिशत मनोरञ्जन ल्याउन तयार छन्, आफ्नो सिट बेल्ट बाँध्नुहोस्, हामी मार्चमा आउँदैछौं।’
भिडियो हेरेपछि मानिसहरुले अक्षयलाई सामाजिक सञ्जालमार्फत ट्रोल गरिरहेका छन् । जहाँ एक प्रयोगकर्ताले लेखेका छन्, ‘क्यानेडियन अभिनेता भारतीय नक्सामा हिड्दै छन् । यो भारतीयहरुको अपमान हो । यो लाजमर्दो कार्यको लागि तपाईंले १५० करोड भारतीय जनतासँग माफी माग्नुपर्छ। त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखे, ‘दाइ, हाम्रो भारतलाई थोरै त सम्मान गर्नुहोस्।’
सामाजिक सञ्जालमा अक्षय कुमारलाई देशद्रोही भनिएको छ । प्रयोगकर्ताहरूले अक्षय कुमारलाई माफी माग्न भनेका छन्।
अब यि खिलाडी कुमारले यसमा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सबैको प्रतीक्षा छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया