रियल मड्रिड क्लब विश्वकपको फाइनलमा

मोरोक्को । अन्ततः ४ गोलको जीतसहित रियल म्यड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। गएराति मोरोक्कोमा भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि ४–१ गोल अन्तरको सहज जित निकाल्दै रियलले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा थप तीन गोल गरेपछि क्लबले विश्वकपमा फाइनल सुनिश्चित गरेको हो ।
खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे पनि ६५ औं मिनेटमा अल आलीमन मालोउलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २– १ मा रियललाई सिमित पारयो ।
खेलको ८७ औं मिनेटमा रियलले अग्रता बढाउने मौका गुमायो । लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियलले खेलमा ३–१ को अग्रता लिने मौका गुमाउनु परेको थियो । उनको पेनाल्टी किकलाई अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले उत्कृष्ट तरिकाले बचाइदिए ।
तर खेलको इन्जुरी समयमा रोद्रिगोले गोल गर्दै रियलले अग्रता ३–१ मा पुर्यायो। लगत्तै सर्जियो आरिबासले गोल गर्दै रियललाई ४–१ को फाइनलको यात्रा तय गरिदिए ।
अब रियलले फाइनलमा साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ।















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया