बिहान ५ः३० बजे पर्यटनमन्त्री किराती त्रिभुवन विमानस्थल अनुगमनमा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहानै ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
बिहीबार बिहानै विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने मदजुरको सामाजिक सञ्जाल फेसबुकमा तारिफ गर्दै लेखेका छन्, ‘दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद ।’
उनले विमानस्थलको अवस्थामा आंशिक सुधार हुँदै आएको र पूर्ण सुधार हुने आशा आफूले राखेको पनि उल्लेख गरेका छन् । ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुने नै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन् ।
मन्त्री किरातीले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका थिए ।


















फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
सरकारले सार्वजनिक गर्यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
प्रतिक्रिया