टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
मेरोन्यूज
२०७९ माघ २८ गते ७:०१

टर्की र सिरियामा भूकम्पका कारण अवस्था बिग्रँदै गएको छ । हालसम्म २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घाइतेको संख्या ७८ हजार नजिक पुगेको छ । टर्कीमा १९ हजार ३८८ जनाको ज्यान गएको छ भने सिरियामा ३ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या २२,७७२ पुगेको छ।
टर्कीको परिवार तथा सामाजिक सेवा मन्त्रालयले फेब्रुअरी ६ मा गएको भूकम्पपछि अहिलेसम्म २६३ बालबालिकाको उद्धार गरिएको जनाएको छ । तीमध्ये १८ बालबालिकाको परिवार फेला परेका छन् । बाँकी बालबालिकालाई आश्रयस्थलमा राखिएको छ ।
यसैबीच टर्कीका भूकम्प प्रभावित सहरमा निर्माण व्यवसायीमाथि अनुसन्धान सुरु भएको छ । टर्कीका न्यायमन्त्री बेकिर बोजडागले धेरै भवनहरू ध्वस्त भएको बताएका छन्।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया