फिफा बर्ष खेलाडी अवार्डका लागि मेस्सेसहित तीन मनोनयन, रोनाल्डो परेनन्

काठमाडौं। लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् ।
फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो ।
सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो ।
सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन । यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिेसकेका छन् । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन ।
तर, यस बर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन । यसअघि उनी प्रायः पर्दै आएका थिए ।
















विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया