नामिवियाले दियो नेपाललाई २८६ रनको लक्ष्य
मेरोन्यूज
२०७९ फागुन २ गते १२:३७

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नामिवियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको नामिवियाले ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन बनायो ।
नामिवियाका लागि मिचेल भान लिङ्देनले १३३ रनको योगदान दिए । १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे।
भने कप्तान गेरहार्ड इरामसले ५६ रन जोडे ।
नेपालका लागि करण केसीले ५ विकेट लिए । करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए ।
लामिछानेले १० ओभरमा ६६ रन खर्चिए। लामिछाने बलात्कार अभियोग पछि पहिलो पटक मैदान फर्किएका हुन्।

सम्बन्धित















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया