भारतको बिहारमा नेपाली तीर्थयात्रीमाथि कुटपिट

बारा । भारत बिहारको बैरगनियाँ स्टेशनमा नेपालीमाथि दुर्व्यवहार र हातपात भएको छ । बैरगनिया स्टेशनमा एक भारतीय युवकले एक नेपालीलाई दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।
भारत बिहारको बैरगनिया स्टेशनमा रेलको डब्बाको ढोका चाँडै नखोलेको भन्दै अपरिचित भारतीय युवकले बाराका एक जना कावरियामाथि कुटपिट गरेका हुन् । अपशब्द प्रयोग गर्दै ती व्यक्तिले झ्याल बाहिरबाट प्रहार गरेको लाठी लागेर बाराकाे उत्तरझिटकैयाका भान्साका कावरिया जयप्रकाश मण्डल घाइते भएको कावर टोलीमा सहभागी किसुन पटेलले जानकारी दिए ।
आक्रमणबाट कावरिया मण्डलको बायाँ हातको कान्छी औँला काटिएको उनले बताए । लाठी प्रहार गर्ने युवकलाई पक्राउ गर्न बिहार प्रहरी मुकदर्शक बनेपछि उनी फरार बनेको पीडित कावरिया मण्डलले गुनासो गरे ।
भारतको तीर्थ यात्रामा बाराबाट निस्केका नेपाली कारवरियामाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्न कावरियाहरुले भारतीय सुरक्षा अधिकारीसँग आग्रह गरेका छन् । उनीहरुले रेल यात्राको क्रममा यसअघि पनि नेपालीमाथि पटक पटक भारतीयहरुले दुव्र्यवहार गर्ने गरेको दुखेसो पोखेका छन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया