भारतको बिहारमा नेपाली तीर्थयात्रीमाथि कुटपिट

बारा । भारत बिहारको बैरगनियाँ स्टेशनमा नेपालीमाथि दुर्व्यवहार र हातपात भएको छ । बैरगनिया स्टेशनमा एक भारतीय युवकले एक नेपालीलाई दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।
भारत बिहारको बैरगनिया स्टेशनमा रेलको डब्बाको ढोका चाँडै नखोलेको भन्दै अपरिचित भारतीय युवकले बाराका एक जना कावरियामाथि कुटपिट गरेका हुन् । अपशब्द प्रयोग गर्दै ती व्यक्तिले झ्याल बाहिरबाट प्रहार गरेको लाठी लागेर बाराकाे उत्तरझिटकैयाका भान्साका कावरिया जयप्रकाश मण्डल घाइते भएको कावर टोलीमा सहभागी किसुन पटेलले जानकारी दिए ।
आक्रमणबाट कावरिया मण्डलको बायाँ हातको कान्छी औँला काटिएको उनले बताए । लाठी प्रहार गर्ने युवकलाई पक्राउ गर्न बिहार प्रहरी मुकदर्शक बनेपछि उनी फरार बनेको पीडित कावरिया मण्डलले गुनासो गरे ।
भारतको तीर्थ यात्रामा बाराबाट निस्केका नेपाली कारवरियामाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्न कावरियाहरुले भारतीय सुरक्षा अधिकारीसँग आग्रह गरेका छन् । उनीहरुले रेल यात्राको क्रममा यसअघि पनि नेपालीमाथि पटक पटक भारतीयहरुले दुव्र्यवहार गर्ने गरेको दुखेसो पोखेका छन् ।
















सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया