तीन कुलपतिले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त कुलपतीहरूलाई बधाइ तथा शफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) सहित ११ सदस्यीय पदाधिकारीहरूको नाम सिसफारिस गरेको हो ।
सिफारिस सदस्यहरूमा मधुसुदन गिरी, कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली र धनप्रसाद सुवेदी रहेका छन् ।









नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया