शनिबार, माघ १७, २०८२

सुनसरीबाट २८ केजी गाँजासहित युवक पक्राउ

मेरोन्यूज २०७९ फागुन ५ गते १९:०२

काठमाडौँ । सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका ७ स्थित देवानगञ्ज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबी नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले दुहबीबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रली मुनी फल्सबटम बनाएर बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो ।

नियन्त्रणमा लिइएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीमा बुझाएको छ ।

प्रतिक्रिया