सञ्जय लीला भन्सालीको ‘हिरामण्डी’ टिजर, वेश्यालय चलाउने रानीहरूको कथा

बलिउड निर्देशक सञ्जय लीला भन्साली ‘गंगुबाई काठियावाडी’ पछि अब ‘हिरामाण्डी’ लिएर आउँदैछन् । आजभोली उनको यो वेब सिरिज निकै चर्चामा छ । यसैबीच भन्सालीको ड्रिम प्रोजेक्ट ‘हिरामाण्डी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । यो वेब सिरिज नेटफ्लिक्समा रिलिज हुनेछ ।
भिडियोमा मनिषा कोइराला, अदिति राव हैदरी, शर्मीन सेगल, ऋचा चड्डा र सोनाक्षी सिन्हाको झलक देखाइएको छ। सबै पहेँलो पोशाकमा शाही लुकमा देखिएका छन् । सबै नायिकाको लुक्स एक एक गरी ब्याकग्राउण्ड म्युजिकमा देखाइएको छ । याे वेब सिरिज ‘वेश्यालय’ चलाउने रानीहरूको कथामा अाधारित देखिन्छ ।
भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट मानिएको हीरामण्डीमा उनले सबै काम गरिरहेका छन् । फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’को सेट जहाँ बनाइएको थियो, त्यहीं नै हीरामण्डीको ठूलो सेट बनाइएको थियो । निर्माण लगभग पूरा भएको छ ।तर, वेब सिरिजको रिलिज मितिबारे भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
टिजर सेयर गर्दै निर्माताले लेखेका छन्, ‘अनदर समय, अर्को युग, सञ्जय लीला भन्सालीले सिर्जना गरेको अर्को जादुई संसार जसको हिस्सा बन्न हामी पर्खन सक्दैनौं। यहाँ हीरामन्डीको सुन्दर र रोचक संसारको एक झलक,’।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
प्रतिक्रिया