‘टाइटानिक’लाई पछि पार्दै ‘अवतार २’ बन्यो विश्वको तेस्रो धेरै कमाउने फिल्म
मेरोन्यूज
२०७९ फागुन ८ गते १७:५८

काठमाडाैं । जेम्स क्यामरुनको साइन्स फिक्शन फिल्म ‘अवतारः द वे अफ वाटर’ ले विश्वभरका सिनेमा दर्शकबाट निकै माया पाएको छ । त्यसैको नतिजा हाे फिल्म अहिले विश्वको तेस्रो धेरै कमाउने फिल्म बन्र सफल भएकाे छ ।
‘अवतारः द वे अफ वाटर’ ले निर्देशकको सन् १९९७ मा रिलिज भएको हलिउड फिल्म ‘टाइटानिक’ लाई पछि पार्दै यो रेकर्ड बनाएको हाे ।
पुस १ गते विश्वभर रिलिज भएको ‘अवतार २’को कुल कमाइ अहिलेसम्म २.२४३३ बिलियन डलर छ । जबकि ‘टाइटानिक’को कुल कमाइ २.२४२८ बिलियन डलर छ । अब भने ‘अवतार २’ शीर्ष स्थानमा रहेको ‘अवतार’ (२.९२ बिलियन डलर) र दोस्रो स्थानमा रहेको ‘एभेन्जर्सः इन्डगेम’ (२.७ बिलियन डलर) भन्दा पछि तेस्रो स्थानमा छ । चौथो स्थानमा ‘टाइटानिक’ र पाँचौं स्थानमा ‘स्टार वार्सः द फोर्स अवेकन्स’ छ ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया