बिहीबार, चैत १२, २०८२

आईसीसी विश्वकप लिग-२ : नेपालले पायो स्कटल्याण्डबाट २१३ रनको लक्ष्य

मेरोन्यूज २०७९ फागुन ९ गते १२:२७

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले मध्यम लक्ष्य पाएको छ । स्कटल्याण्डले ४६ दशमदव एक ओभरमा अलआउट हुँदै २१२ रन बनायो ।

Advertisement
nepal life insurencenepal life insurence

पहिला व्याटिङ गरेको स्कटल्याण्डले २१२रन बनाएको हो । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । करण केसीले २ र कुशल मल्ल तथा ललित राजवंशीले एक/एक विकेट लिएका छन् ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले अर्धसतक बनाए । उनी ५० बलमा ६० रन बनाएर आउट भए । स्कटल्याण्डका लागि म्याथ्यु क्रसले ४२, ब्राण्डन म्यामुलनले ३१, केल कोटजर र क्रिष्टोफर एमसीब्राइडले २२/२२ र नको योगदान दिए ।
नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा स्कटल्याण्डले पहिलो ब्याटिङ गरेको थियो ।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशीलाई ल्याइएको थियो । राजवंशीले आज खेलमा एक विकेट लिए ।

रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपालबाट दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख ९विकेटकिपर०, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल छन्।

नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया