यू-१९ विश्वकपको छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो प्रतिष्पर्धा सिंगापुरसँग गर्न लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाई गरेको थियो ।
क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ ।
२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।
उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छ ।
त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मगलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।
देव खनालको कप्तानीमा रहेको नेपाली यू–१९ टोलीमा दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर ९विकेटकिपर० दीपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा ९बि०, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा छन् ।
















इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया